धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।
नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्क विहिन भएकी हुन्। उनी ओशो साधक हुन केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्।
तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनको साथीबाट खबर प्राप्त भएको छ । भारतको गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीले खोजी कार्यमा सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।
साथै नगर प्रमुख हमालकी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न आज (मंगलबार) रातिको फ्लाइटमा गोवा पुग्ने भएकाले ००९१– ९७९४०९६०१४, ८२७३५३८१३२, ९३८९६०७९५३ मा सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग तथा खोजी कार्यमा सहजीकरण गरिदिन नगर प्रमुख हमालले सबैमा अपिल समेत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।