काठमाडौँ - भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ ।
अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् ।
त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अरबपतिहरू थपिएसँगै ९२ अरबपति बस्ने गर्दछन् ।
मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अरबपति रहेको बेइजिङमा १८ अरबपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अरबपति रहेको रिपोर्टमा उल्लेख छ ।
ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शिर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् ।
त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।