सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘सुहाङलाई मतदाता शिक्षाको आवश्यक’

‘सुहाङलाई मतदाता शिक्षाको आवश्यक’

  • मिडिया डबली
  • मंगलवार, चैत्र १३ २०८०

  • 3.6K
    SHARES

  • ‘सुहाङलाई मतदाता शिक्षाको आवश्यक’

    काठमाडौँ - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार बनाएका सुहाङ नेम्बाङलाई उमेद्धार भन्दा पहिले मतदाता शिक्षाको आवश्यकता देखिएको छ ।

    अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता नगराएका सुहाङले यस पटक नाम दर्ता गराएसँगै उनलाई पहिले मतदाता शिक्षाको आवश्यकता देखिएको हो ।  

    अहिले उम्मेदवार बन्दै गर्दा उनले आफ्नै बुबालाई समेत भोट नहालेका सुहाङले उपनिर्वाचनमा टिकट पाउने भएसँगै यस पटक निर्वाचन आयोगमा नाम दर्ता गराएका छन् । 

    एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङका कान्छा छोरा सुहाङ बुवाकै निर्वाचन क्षेत्रमा यस पटक उठ्दै छन् ।

    २७ वर्ष पुगेका सुहाङ आफ्नै बुबालाई  सम्मभोट हाल्नुपर्छ भन्ने नसोचेका सुहाङ अहिले मतदाता नामावलीमा नाम दर्ता गराएर उमेद्धार बनेका हुन ।

    ३० वर्ष सम्म उनैका बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछि पार्दे उनले टिकट लिएका हुन । जसका कारण इलाम एमालेमा राजनीति गर्नेहरूको राजनीतिक यात्रामा निराशा जगाएका छन् ।

    पार्टीको कुनै विभागमा नरहेका र अहिले सम्म पार्टीमा मतदान नगरेका मात्र हैन आफ्नै बुबालाई मतदान गर्न समेत नआएका सुहाङलाई किन भोट हाल्ने भनेर खुलेरै विरोध गर्न थालेका छन् ।

    बाउलाई ३० वर्ष अब छोरालाई ३० वर्ष भन्दै सामाजिक सञ्जालमा लेख्न थालेका कतिपय कार्यकर्ताले पार्टी जिम्मेवारीबाट हटेको घोषण समेत हुन थालेको छ भने कतिपय व्यक्तिले सुहाङलाई अहिले उम्मद्धारहैन मतदाता शिक्षाको आवश्यक रहेको बताएका छन् ।

    उनी साँच्चै राजनीतिमा आउन चाहन्थे भने अहिले उम्मेदवार हैन पार्टीमा जिम्मेवार लिएर यस पटक इलामकै व्यक्तिलाई लिएर मैदानमा हिन्नुपर्ने तर्क राख्ने गरेका छन् ।

    नेकपा एमाले उद्योग व्यवसाय महासङ्घका उपसचिव अर्जुन खनालले सहिद रत्न बमको पुण्य भूमिमा आगामी वैशाख १५ मा उप निर्वाचन हुदैछ र इलाम २ कम्युनिस्टको उद्यम थलो पनि हो तर यस पटक यो सहिद भूमिमा कम्युनिस्टको उम्मेदवार नभएकाले हामी इलाम दुई बासीले सोच्ने समय आएको छ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । 

    सुहाङको परीक्षा
    २०५६ सालदेखि बुवा सुवास नेम्बाङले जितिरहेको क्षेत्र हो, इलाम– २ । २०५६ सालको आम चुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आम चुनाव हुँदै २०७९ मङ्सिरको आम चुनाव पनि सुवासले निरन्तर जितेका थिए ।

    ३० वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । 

    तर, उनका लागि मुख्य चुनौती भनेको बुबा (सुवास)को र एमालेको विरासत जोगाउनु हो ।

    राजनीतिक पारिवारिक पृष्ठभूमिका कारण उनका लागि अनौठो नभए पनि चुनावी प्रतिस्पर्धा पहिलो पटक गर्दै छन् त्यसमा पनि जिल्लामा राजनीति गरेर बसेकालाई पछि पार्दै । 

    ‘पार्टीले टिकट दिइरहँदा अध्यक्षलाई सम्झिएको छु, इलामका दाजुभाइ, दिदीबहिनी, आमाबुबाले विश्वास गर्नुभयो’, उनले भने, ‘नयाँ यात्रा उनकालागि चुनौतीपूर्ण मात्र हैन लामो समय सम्म जिल्लामा रहेर राजनीति गरेकाहरूको भविष्य समेत चकानाचुर बनाइ दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १३ २०८०११:१०:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend