सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनको बाटो हुँदै नेपालमा सुन तस्करी, शीर्ष माओवादी नेताहरु नै संलग्‍न भएको खुलासा

चीनको बाटो हुँदै नेपालमा सुन तस्करी, शीर्ष माओवादी नेताहरु नै संलग्‍न भएको खुलासा

  • मिडिया डबली
  • शनिवार, चैत्र १० २०८०

  • 2.2K
    SHARES

  • चीनको बाटो हुँदै नेपालमा सुन तस्करी, शीर्ष माओवादी नेताहरु नै संलग्‍न भएको खुलासा

    काठमाडौं । दश वर्ष लामो सशस्त्र जनयुद्धपछि भएको शान्ति प्रक्रियामार्फत सत्तामा आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको नेतृत्व गरिरहेका छन्। देशमा समृद्धि ल्याउने र सबै तह र वर्गका नागरिकलाई न्याय दिने प्रतिबद्धतासहित सत्तामा पुगेको नेकपा माओवादी केन्द्रका नेताहरु भने सुन तस्करीमा संलग्‍न भएको खुलेको छ। 

    चिनियाँ कम्युनिस्ट पार्टीसँग राम्रो सम्बन्ध भएका नेकपा माओवादी केन्द्रका नेताहरु सुन तस्करीमा संलग्‍न भएको सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले निष्कर्ष निकालेको छ। समितिको प्रतिवेदनका अनुसार चीनबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेको खुलेको हो। 

    हिमाली क्षेत्रमा भइरहेका उद्धार उडानमार्फत चीनबाट ल्याइएको सुन काठमाडौंसम्म र यहाँबाट भारततर्फ तस्करी हुने गरेको प्रतिवेदनमार्फत जनाइएको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले चीनबाट भइरहेको सुन तस्करीमा नेकपा माओवादीका उच्च तहका नेताहरुको संलग्‍नता रहेको सुराकहरु प्राप्त भएको पनि जनाइएको छ। 

    आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचारसमेत गरेको छ। ठूलो परिमाणमा भएको सुन तस्करीमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्‍नता भएको देखिएपछि उनलाई पक्राउ गरिएको छ। त्यसैगरी सुन तस्करीमा नै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको संलग्‍नता रहेकोले अनुसन्धान गर्नुपर्ने जनाइएको छ। 

    तर, उनलाई प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री बनाएका छन्। अबदेखि यसरी हिमाली क्षेत्रबाट हुने उद्धार उडानका लागि सीसी क्यामेरा राख्‍नुपर्नेसमेत समितिले सुझाव दिएको छ। उद्धार उडानका लागि जाने हेलिकोप्टर सेवा प्रदायकहरुले नागरिक उड्डयन प्राधिकरणसँग विवरण टिपाएर मात्र खटिनुपर्ने र उनीहरुमाथि निगरानी गरिनुपर्नेसमेत प्रतिवेदनमा उल्लेख छ। 

    चीनबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेको भए पनि यस विषयमा चिनियाँ पक्षले भने कुनै कुनै प्रतिक्रिया दिएको छैन। यसअघि सुन तस्करीमा चीनबाट हुने गरेको विषय बाहिर आएपछि नेपालस्थित चिनियाँ दूतावासले भने अस्वीकार गरेको थियो। यद्पि विभिन्‍न अनुसन्धानहरुबाट भने चिनियाँ पक्षको संलग्‍नतासहित माओवादी र नेकपा एमालेका नेता तथा व्यापारीहरुको संलग्‍नतामा नेपालको बाटो हुँदै भारततर्फ तस्करी हुने गरेको देखाएको छ। 

    यसले नेपाल र चीनमात्र नभइ भारतको सुरक्षामासमेत गम्भीर असर पर्ने भएकोले सुन तस्करीमा संलग्‍न भएको आरोप लागेमा अर्थमन्त्री पुनलाई पनि राजीनामा गराएर अनुसन्धान गरिनुपर्ने माग उठेको छ। सरकार भने सुशासनका कुरा गर्ने तर, आफ्नाहरुलाई जोगाउने पक्षमा देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १० २०८००८:२७:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend