सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सरकारमा गएर अस्तित्व गुमाउँदै रास्वपा

सरकारमा गएर अस्तित्व गुमाउँदै रास्वपा

  • मिडिया डबली
  • शनिवार, चैत्र १० २०८०

  • 2.8K
    SHARES

  • सरकारमा गएर अस्तित्व गुमाउँदै रास्वपा

    Lकाठमाडौं - छोटो समयमा मुलुकको चौथो ठूलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी अभियानमा हुँदा नेपालका शीर्ष नेताहरुको चर्को आलोचना गर्ने गरेको थियो। तर, पछिल्लो एक वर्षको अवधिमा रास्वपा दुई पटक सरकारमा गइसकेको छ। 

    दुई-दुई पटक रास्वपा सरकारमा जाँदा पनि कुनै प्रगति देखाउन सकेको छैन। प्रतिपक्षमा हुँदा सुधारमा एजेण्डा सरकारलाई सिकाउने रास्वपाका सांसदहरु रवि लामिछाने, सुमना श्रेष्ठ, विराजभक्त महर्जन र डीपी अर्याल मन्त्री रहेका छन्। 

    तर, उनीहरुले सरकारमा हुँदा हाल कर्मचारीले काम गर्न नदिएको भन्दै कर्मचारीमाथि दोष थोपरिरहेका छन्। यसरी आफूले काम गर्न नसक्ने र आफ्नो दोष अरुलाई थोपर्ने छुट सरकारमा रहेको रास्वपालाई नभएका कारण काम गर्न नसक्ने रहेछ भन्‍ने पुष्टि रास्वपाले आफैं गरिरहेको छ। 

    यता गृहमन्त्री रवि लामिछानेलाई भने आफ्नो पद नै जोगाउन मुस्किल परिसकेको छ। विगतमा नागरिकता त्यागेर सरकारलाई किर्ते गरेको आरोपमा गृहमन्त्री पदमुक्त भएका रवि फेरि गृहमा फर्किएका छन्। 

    उनले गृहमा भएका गोप्य दस्तावेजहरु हात पार्ने र आफ्नो विरोधीलाई पक्राउ गर्ने रणनीति अख्तियार गरेको भए पनि पछिल्लो समय भने उनलाई आफ्नै पद जोगाउन मुश्किल भइसकेको छ।  

    रास्वपा एक अवसरवादी पार्टीको रुपमा स्थापित भएको छ। आफूलाई लोकतान्त्रिक भन्‍ने पार्टी पटक-पटक कम्युनिस्ट नेतृत्वको सरकारमा सहभागी हुँदा रास्वपाको मुल विचारमाथि नै प्रश्‍न उठ्न थालेको छ। यसका कारण मुद्दा, विचार, एजेण्डा र प्रतिबद्धताविपरीत रास्वपा अघि बढिरहेका कारण रास्वपाले आफ्नै अस्तित्व नै गुमाउँदै गइरहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र १० २०८००८:२२:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend