काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले शक्तिको दुरुपयोग गरेर कानुन पालना गराउने प्रहरी कर्मचारीको जागिर धरापमा पारेको खुलेको छ ।
खुलेयाम ट्राफिक नियम उल्लंघन गर्दै दादागिरी शैलीमा हिँडेका सांसद चौधरीका छोरालाई नियन्त्रणमा लिएर कानुनको पालना गराउने ट्राफिक प्रहरी अधिकृत निलम्बनमा परेका हुन् ।
सांसद चौधरीले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर खुलेयाम गल्ती गरेर कानुनको धज्जी उडाउने छोरालाई छुटाउनुका साथै कानुन पालना गराउने प्रहरी कर्मचारीलाई दण्डित गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले ट्राफिक नियमअनुसार लाइसेन्स र हेलमेटबिना सवारी चलाउने चालकलाई नियन्त्रणमा लिने ९ जना प्रहरी कर्मचारीलाई पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीको दबाबमा कारवाही गरेको हो । नियम मिच्नेलाई कारवाही गर्नुपर्नेमा कानुन पालना गराउनेलाई दण्डित गरेपछि प्रहरी संगठनभित्र विरोध भइरहेको छ ।
यस्तो छ घटना पुस ६ गते लाइसेन्स/ब्लुबुक र हेलमेटविना बुलेट मोटरसाइकल चलाइरहेका रविरन्जन चौधरी, अभिरन्जन चौधरी र अच्युत झालाई ट्राफिक प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले पछ्याएर नियन्त्रणमा लियो । रविरन्जन सांसद चौधरीका छोरा हुन् । अझ बुलेट बाइकमा तीनजना सवार थिए । ट्राफिक प्रहरीले रोकेर कागजात माग्दा लफडा भएको थियो ।
सांसदको छोरा भएकाले शक्तिको धाक देखाउँदै जागिर खाइदिने धम्की ट्राफिक प्रहरीलाई दिए । नियम मिचेर कागजात देखाउन नमानेर उल्टै ठूलो कुरा गरेपछि प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । प्रहरी प्रभाग इमाडोलका एक अधिकारीकाअनुसार उनीहरुलाई नियन्त्रणमा लिएपछि सांसद चौधरीले उच्च प्रहरी अधिकारी र गृह मन्त्रालयका अधिकारीमार्फत दबाब दिइन् । त्यसपछि उनीहरुलाई रिहा गरियो ।
त्यति माओवादी र कांग्रेसको सरकार थियो, गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । चौधरीले कांग्रेस नेताहरुमार्फत पनि दबाब दिएकी थिइन् । उक्त दबाबपछि प्रहरी परिसर ललितपुरले कानुन मिच्ने युवाहरुलाई रिहा मात्रै गरेन, कानुन पाना गराउने प्रहरी कर्मचारीलाई दण्डित गर्यो ।
प्रहरी हवल्दार रामचन्द्र पाठक निलम्बनमा परे भने अन्य ८ जना प्रहरीलाई विभागीय कारबाही गरियो । ललितपुर प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक शेखर खनालले कार्यालय प्रमुखबाट अनुमति नलिइ थुनामा राखेकाले कारवाही गरेको दाबी गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।