सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय राजदूत श्रीवास्तवद्वारा छात्रवृत्ति प्राप्त गरेका ९ जनालाई रोल अफ अनर प्रदान

भारतीय राजदूत श्रीवास्तवद्वारा छात्रवृत्ति प्राप्त गरेका ९ जनालाई रोल अफ अनर प्रदान

  • मिडिया डबली
  • शनिवार, चैत्र ३ २०८०

  • 1.5K
    SHARES

  • भारतीय राजदूत श्रीवास्तवद्वारा छात्रवृत्ति प्राप्त गरेका ९ जनालाई रोल अफ अनर प्रदान

    काठमाडौं - काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार २२औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका हुन् ।

    राजदूत श्रीवास्तवले २२औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरेका छन् ।

    उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरूका लागि सिर्जना गर्न सकिने अवसरहरूबारे बताउँदै विद्यार्थीलाई सहकार्य गर्न सकिने क्षेत्रहरू खोज्न प्रोत्साहित गरेका छन् ।

    करिब २०० जना विद्यार्थीले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या २०० पुगेको छ । विद्यार्थीले एमबीबीएस, बीडीएस, बीई, बीएससी, बीबीए र बीकमसहित ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् ।

    छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थी नेपालका ७६ जिल्लाबाट रहेका छन् ।

    जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ । नेपाल र भारतका विश्वविद्यालयमा अन्डरग्राजुएट तथा ग्राजुएट तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ ।

    सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् । भारत र नेपालबीच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ ।

    यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संशाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ६ २०८०११:०३:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend