आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड नेतृत्वको 'धोकेबाज'गठबन्धनको आयु कति?

प्रचण्ड नेतृत्वको 'धोकेबाज'गठबन्धनको आयु कति?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २६ २०८०

  • 3.8K
    SHARES

  • प्रचण्ड नेतृत्वको 'धोकेबाज'गठबन्धनको आयु कति?

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरणको आयु लामो हुन नसक्ने विश्लेषणहरु भइरहेका छन्। 

    संसद् बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सत्ता समीकरणको आयु लामो हुन नसक्ने संकेत गर्दै भने, ' पर्सि नै राप्रपालाई खोज्ने दिन नआओस्।' 

    २०७९ पुस १० गते बनेको गठबन्धन भत्किएपछि माओवादीलाई धोकेबाजको संज्ञा दिएको एमालेले सरकारमा जुनियरहरुलाई मन्त्री बन्न पठाएको छ। यसप्रति प्रधानमन्त्री प्रचण्ड सशंकित छन्। 

    त्यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको आरोप लगाउने एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सहकार्य गर्न किन सहमत भए भन्ने प्रश्न उठेको छ। 

    अर्कोतर्फ लोकतान्त्रिक दल बताउने रास्वपा कम्युनिष्ट खेमामा जानुको रहस्यबारे पनि विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन्। 

    सत्ताको लोभका कारण रास्वपाको राजनीति जीवन पनि लामो हुननसक्ने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन्। त्यसैगरी जनता समाजवादी पार्टीमा पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा दुई थरी मतहरु रहेका छन्। जसमा सरकारमा सहभागी भएमा पार्टी फुट्नसक्ने चेतावनी पार्टीभित्रैका  नेताहरूले दिइरहेका छन्। 

    सरकारले पूर्णता नपाउँदै हतारोमा चीनतर्फबाट आएको शुभकामनाले पनि अहिलेको गठबन्धनको उत्पत्तिबारे प्रष्ट पारेको छ। चीन खेमाका नारायणकाजी श्रेष्ठ परराष्ट्र र वर्षमान पुन अर्थमन्त्री हुनुले पनि चीनले आफ्नो प्रभाव बढाउँदै सत्तामा हस्तक्षेप गर्ने र आफू अनुकूल काम गराउनका लागि यो गठबन्धन बनाएको देखिन्छ। यी विविध कारणहरुले गर्दा अहिलेको सत्ता  गठबन्धनको आयु लामो नहुने विश्लेषणहरु भइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend