काठमाडौं, २३ फागुन - नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांस पुरानैले निरन्तरता पाएका छन् ।
पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयवाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन । जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुदाँ उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकवाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।
अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन । उनले आजै परराष्ट मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन् ।
साथै, माओवादीले सबै मन्त्रीहरूलाइ दोहोरयाउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरवाट झिटीझाम्टा लिएर बाहिरएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ ।
तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन । जसअनुसार श्रेष्ठसहित सुचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।