कैलाली, २२ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।
केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।