काठमाडौं, २१ फागुन । जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ ।
जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो ।
साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।