सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालकाे रहेकाे दाबी

रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालकाे रहेकाे दाबी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १६ २०८०

  • 1.5K
    SHARES

  • रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालकाे रहेकाे दाबी

    सञ्जय मिश्रा
    रौतहट, १६ फागुन- रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको दाबी  गरिएकाे छ। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी गरेका हुन् । 

    भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद विधा चौधरीलेले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्षअघिको गुतकालको भएको दाबी गरेका छन् । केही महिनाअघि उनी मौलापुर पतौरा स्थितपुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निकालिएकाे को इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

    चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए।  यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भइरहेको उत्खननको स्थलगत निरीक्षण पछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका छन्।

    नेपाल सरकार र तत्कालीन विद्रोही माओवादी बीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एकजना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए ।
    सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो ।

    स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गीय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।

    मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो  हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको  बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो। जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।

    २०७६ सालमा   पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वविदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमिनमुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मिटर उत्तरसम्म जमिनमुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुईजना अवकास प्राप्त पुरातत्वविद् राखेको छ। २०६७ सालादेखि नै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्।

    तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्नेछ। हाल उत्खनन भइरहेको स्थानमा जमिनमुनि चौथो शताब्दीको इँटा प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याइ छ।

    विगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले  १०० गन्तव्यको सूचीमा समावेस गरेको थियो।
    सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महा शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।

    यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ। महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुति हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।

    भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रूपमा मनाइने अनुष्ठान मधानी महायज्ञमा भगवान शिवको जन्ती यात्राबाट सुरु भइ जल, जमिन र बसाहाको पूजनसहित शुभारम्भ हुने तथा शिव पार्वती विवाहलिला प्रदर्शन हुने योजना रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। यसपटकको महोत्सवमा १० लाख मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १६ २०८०१०:५६:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend