सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अध्ययनमा असर पारेर हेडसर ल्याउने विषयले विद्यालयमा राजनीति  

अध्ययनमा असर पारेर हेडसर ल्याउने विषयले विद्यालयमा राजनीति  

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १५ २०८०

  • 1.6K
    SHARES

  • अध्ययनमा असर पारेर हेडसर ल्याउने विषयले विद्यालयमा राजनीति  

    विशाल बस्नेत 
    महोत्तरी, १५ फागुन । व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो ।

    नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिको लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टिभन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरु अडिग रहेको दाबी गर्छन् ।

    अध्यक्ष देवकोटा नेपाली कांग्रेसनिकट मानिन्छन् भने नगरप्रमुख प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिकाका भए पनि स्वतन्त्र निर्वाचित भएका हुन् । यद्यपि नगरप्रमुख क्षेत्रीसमेत अहिले कांग्र्रेसमा नै फर्किसकेका छन् । उनीे घोडा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका हुन् ।

    अहिले घोडा कांग्रेस र कांग्रेसको लडाईंले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकको रुपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरुको चार महिनादेखि पारिश्रमिकसमेत रोकिएको छ ।

    ‘हामीलाई शिकारु हेडमास्टरभन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरको लागि केही नामहरु प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’ 

    यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा–१ देखि कक्षा–१२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानध्यापक साहले बताए ।

    विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरु स्तानान्तरण हुने क्रमसमेत जारी रहेको छ । एकवर्ष अगाडिसम्म करिब ९ सयको हाराहारीमा विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सय भन्दा कममा झरेको स्थानीय बताउँछन् । 

    विद्यालयको वरपर दुईवटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरुले टुटेश्वर र दमार भञ्ज्याङ्  विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

    तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै आठजना शिक्षकहरुको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् ।भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा राजनीति चलखेल भएको भन्दै  विद्यार्थी नै आन्दोलनमा उत्रिएका छन् । गत बिहीबार विद्यार्थीले विद्यालयमा राजनीतिक दलको क्रिडास्थल बन्दा अध्ययनमा असर परेको भन्दै  बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।

    विद्यालयमा देखिएको समस्या चाँडै समाधान हुने नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले बताए ।  नयाँ वा पुरानोको आधारमा भन्दा पनि क्षमतालाई कदर गर्नुपर्ने उनको भनाइ छ ।

    यता नगरले प्रधानध्यापकको रुपमा पठाएको प्रधानाध्यापक साहले औँला उठाउनेगरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफुलाई निकाल्ने प्रपञ्च भएकोप्रति  दुःख लागेको बताउँछन् ।

    उनले नगरप्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि राजनीति हुँदै आएको छ ।  
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २२ २०७९०८:००:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend