काठमाडौं, १४ फागुन । एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको कडा आलोचना गरेका छन् ।
विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे ।
एमालेका सांसदले संसदमै नाराबाजी गरे । नाराबाजी गर्नुअघि एमाले सांसदले सभामुखको रुलिङलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।
एमालेसहितका प्रतिपक्षी सांसदहरुले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोग प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा वा बर्खास्त गर्न माग गरे ।
एमालेका सांसदले यस विषयमा आइतबार र सोमबारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए । तर, जवाफ नदिएपछि सोमबार सदनमै नाराबाजी गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।