सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १४ २०८०

  • 9.3K
    SHARES

  • डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

    सञ्जय मिश्रा
    रौतहट १४ फागुन- मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।

    डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन।


    आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।


    महोत्तरीको महोत्तरी गाउँपालिका- ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।

    पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३  फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

    उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।

    दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।

    डिआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति बिसर्जनको बिषयमा उत्पन्न हिन्दू मुस्लिमबीचको सम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।

    newskarkahna-news649830..jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १४ २०८०११:४९:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend