काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्र एनपी साउदसँगको भेटपछि संवादले सम्बन्धलाई सकारात्मक मार्गमा डोर्याउने बताएका छन् ।
रायसिना संवादमा सहभागी हुन भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदको सक्रिय सहभागिताले खुसी लागेकोसमेत जनाएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,'रायसिना डायलग २०२४ मा भारतका छिमेकीहरूको उपस्थिति स्वाभाविक हो।
परराष्ट्रमन्त्री एनपी साउदलाई कार्यक्रममा हार्दिक स्वागत छ। रायसिना कार्यक्रममा उनको सक्रिय सहभागिता देख्दा खुसी लाग्यो ।
हाम्रो वार्ताले हाम्रो सम्बन्धको सकारात्मक मार्गमा गइरहेको कुरालाई पुन: पुष्टि गर्यो।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।