सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 2.9K
    SHARES

  • मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

    विराटनगर, ११ फागुन - मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।

    आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए।

    बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ।घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ११ २०८०११:३५:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend