सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पदाधिकारी बैठक जारी, महासमिति बैठकको समापन आजै

पदाधिकारी बैठक जारी, महासमिति बैठकको समापन आजै

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १० २०८०

  • 1.2K
    SHARES

  • पदाधिकारी बैठक जारी, महासमिति बैठकको समापन आजै

    गोदावरी, ललितपुर । नेपाली कांग्रेसको जारी महािसमिति बैठकमा पाँच वटा प्रतिवेदनमाथि छलफल चलिरहँदा केन्द्रीय पदाधिकारी बैठक बसिरहेको छ ।

    महासमिति बैठकमा बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।

    महासमिति सदस्यहरुले धारणा राख्‍नेक्रम सकिएलगत्तै मुल समारोह हलमा महासमिति सदस्यहरुले उठाएका विषयहरुलाई प्रदेश सभापतिहरुले केन्द्रीय पदाधिकारीसहितको समारोहमा प्रस्तुत गर्नेछन् ।

    सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको प्रचार विभाग प्रमुख संयोजक मीन विश्वकर्माले बताए । महासमिति बैठकमा यसअघि ५०० भन्दा महासमिति सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।

    यसअघि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वक्रमश: सांगठनिक प्रस्ताव र समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका थिए। त्यसैगरी पार्टी प्रवक्ता अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    उक्त प्रतिवेदनहरुमाथि महासमिति सदस्यहरुले उठाएका विषयहरुलाई समेटेर आज नै प्रतिवेदन महासमिति हलबाट पारित गरिने कार्यक्रम रहेको छ । महासमिति बैठक आज नै समापन गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १० २०८०१२:४२:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend