सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ, हाउगुजी गरेको छ : मुख्यमन्त्री चौधरी

चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ, हाउगुजी गरेको छ : मुख्यमन्त्री चौधरी

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १० २०८०

  • 1.5K
    SHARES

  • चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ, हाउगुजी गरेको छ : मुख्यमन्त्री चौधरी

    गोदावरी - नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ०८४ को गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको बताएका छन् ।

    महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा सहभागी हुँदै चौधरीले अहिले संगठन गरेर ०८४ को चुनावभन्दा अगाडि गठबन्धनको कुरा गर्न सुझाव दिए ।

    उनले भने, हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो ।

    ‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सहि बाटोमा डो¥याओस् । अहिले नै गठबन्धन हुन्छ कि हुँदैन ? ०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन् । हामी कुन बाटोमा हिँड्दैछौँ’, मुख्यमन्त्री चौधरीले भने ।

    ‘अहिले संगठन बनाउने कि गठबन्धनका कुरा गर्ने ? अहिले नै चुनाव आइसक्यो र ? हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ’, उनले भने, ‘०८४ मा जे डिसिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो ।’

    मुख्यमन्त्री चौधरीले भने, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चार तारे झण्डा सधैँ फहराइ रहोस्, रुख कहिले नढालोस् ।’

    ‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोँचौँ । हामी कहाँ छौँ सबैले पार्टी विगारेको तपाई हामीले हो’, मुख्यमन्त्री चौधरीले भनेका छन् ।

    ‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चिाहियो । अहिले किन रिन्यू भइरहेको छैन ?’, चौधरीले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन् । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ? छैनन् ।’

    उनले भने, ‘ दलितको घरमा कसरी पुग्ने ? रणनीतिक रुपमा पहिला को कहाँ पुग्ने ? जनजातिको घरमा कसरी पुग्ने ? त्यो रणनीतिका कुरा गर्दैनौँ । हाउगुजीका मात्रै कुरा गर्छौं ।’

    चौधरीले भने, ‘यो गठबन्धनको कुरा ०८४ मा गर्नुस् । हामी विश्वास गर्छौ केन्द्रीय कार्यसमितिले देश र परिस्थितिअनुसार कोसँग गर्ने ? माओवादीसँग कुरा होला ? त्यहि बेला कुरा गरौँला । संगठन गरौँ ।’

    मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए ।

    उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नु हुन्न । हाउगुजीका कुरा बाहेक केही छैन ।

    प्रदेशले केन्द्रलाई अधिकार दिएको छैन । गाली खाने प्रदेशले मात्रै हो ? विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ । डोजरको विकास चाहिएको छ । संविधाको रक्षाका लागि कसले नेतृत्व गर्ने ? यसैगरी कांग्रेसले संविधान कार्यान्वनयमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १० २०८०१२:३८:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend