सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसको नेतृत्वले संघीयताको बद्‌नाम गरिरहेको छ'

कांग्रेसको नेतृत्वले संघीयताको बद्‌नाम गरिरहेको छ'

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ९ २०८०

  • 1.3K
    SHARES

  • कांग्रेसको नेतृत्वले संघीयताको बद्‌नाम गरिरहेको छ'

    'ललितपुर- नेपाली कांग्रेसका महासमिति सदस्यहरूले संघीयता कार्यान्वयनमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

    ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बोल्दै उनीहरूले पार्टी नेतृत्वकै कारण संघीयता बद्‌नाम भइरहेको बताएका हुन्। सुर्खेतका पूर्णबहादुर रानाले एक व्यक्ति एक पद आवश्यक भएको बताउँदै संघीयता कार्यान्वयनमा जोड दिए।

    त्यस्तै हुम्लाका जयपति रोकायले समानुपातिकबाट अवसर पाएकाहरूलाई अन्य ठाउँमा पनि अवसर दिने काम नगर्न नेतृत्वलाई ध्यानाकर्षण गराए। कालिकोटबाट आएका टेकराज शाहीले पार्टी संरचना र जनप्रतिनिधिको नियमन केन्द्रीय कार्यसमितिबाट हुनुपर्ने बताए।

    त्यस्तै डा.सुवोध पोखरेल (सर्लाही)ले संघीयता र संविधानको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताए। उनले भने, 'संघीयताको बदनामा नेतृत्वबाट भएको छ यसलाई सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ ।

    मधेशमा लाभका पदमा पहाडिया समुदायका मानिसले मधेशीको भावनामा चोट पुर्याए। यसमाल ध्यान दिनुपर्छ ।' सञ्जिव उपाध्याय (सिरहा)ले अबको मुद्दा आर्थिक मुद्दा हुनुपर्ने बताए। उनले विकास निर्माणको दायरा फराकिलो बनाएर मधेशमा कांग्रेसले जनाताको साथ दिनुपर्ने बताए।

    'अबको मुद्दा आर्थिक मुद्दा हो । विकास निर्माणमा फराकिलो दायराका साथ कांग्रेसले मधेशलाई हेर्नुपर्छ,' उनले भने, ' गठबन्धन कांग्रेसका शुभचिन्तकले चाहेका छैनन् ।' शेख वकिल, रौतहटले पार्टीका नेताहरू कुरा ठूला गर्ने तर मधेशको विकासका लागि केही नगर्ने भन्दै आपत्ति जनाउनु भयो।

    'नेताहरू ठुला ठुला कुरा गर्छन् मधेशको विकासको निम्ति केही बोल्दैनन् । सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ,' उनले भने, 'शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।'

    उनले मधेशमा पानीको स्रोत सुक्दै गएकोतर्फ पनि ध्यानाकर्षण गराए। 'जल नभएर मधेश मरभूमि हुदैछ । खानेपानीको हाहाकार छ । सरकारले मधेशलाई विशेष ध्यान दिनुपर्छ । हाम्रो पार्टी सरकारमा ,' उनले थपे ,'गठबन्धन कुन समयमा गर्ने भन्ने त्यहि परिस्थितिमा निर्णय हुनुपर्छ ।'

    देवप्रसाद तिमल्सिना, रौतहट ले कर्णाली र मधेश प्रदेशलाई कसरी अघि बढाउन सकिन्छ त्यसमा पार्टीले पहल गर्ने बताउए। उनले गठबन्धनमा जाने विषयमा सोच्नु पर्ने बताए।

    '०८४ सम्म गठबन्धन गर्ने भनेर भोट मागियो। त्यहीअनुसार निर्वाचित भएर साथीहरू आउनु भएको छ,' उनले भने, 'त्यसपछि भने गठबन्धनमा जाने नजाने सोचौँ। जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । सुकिला मुकिला कांग्रेस छन् । झुपडीमा बस्ने पनि मन्त्री हुन चाहान्छन् ।

    नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना सिंहले केन्द्रदेखि तल्लो निकायसम्म गठबन्धन गर्दा एउटै स्तरमा नहुने बताए। उनले नेपाली कांग्रेसले प्रशिक्षण व्यापक रुपले दिनुपर्ने र पार्टीको विधानलाई कडाभन्दा कडा रुपले कार्यान्वयन गर्नुपर्ने बताए।

    काभ्रेका महासमिति सदस्य ललिता किरिङ मगरले ३३ प्रतिशत महिला सहभागिता तल झर्दै गएको र आदिवासी जनजाति लगायत सबै महिलालाई नीतिगत तहमा लैजानुपर्ने बताए।

    रामेछाप गंगा अधिकारीले नेपाली कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न जरुरी भएको गुटबन्दीले पार्टीलाई थिचेकोप्रति गुनासो गरे। महासमिति सदस्य मुस्ताव आलमले मधेशी र दलितका विषयहरु पनि प्रतिवेदनमा समेटिएको भन्दै प्रशंसा गरे।

    महासमिति सदस्य रमेश पाण्डेले पार्टीले गठबन्धनलाई आफू अनुकूल व्याख्या गरिएको बताए । जुम्लाका महासमिति सदस्य दिलबहादुर कुवँरले 'प्राइमरी इलेक्सन'बाट नै वडादेखि उम्मेदवार निर्वाचित हुने व्यवस्था गर्नुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ९ २०८००५:१५:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend