सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका विषय नसमेटिनु दुखद् : अध्यक्ष लम्साल

कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका विषय नसमेटिनु दुखद् : अध्यक्ष लम्साल

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ९ २०८०

  • 1.2K
    SHARES

  • कांग्रेस प्रतिवेदनमा संचार क्षेत्रका विषय नसमेटिनु दुखद् : अध्यक्ष लम्साल

    नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा संचार क्षेत्रलाई समेट्ने गरी कुनै पनि प्रस्ताव नआउनु दुखद् भएको बताएका छन्।

    प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन भएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै संचार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुखद् भएको बताएका हुन्।

    `प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौती बारे महासमिति बैठकमा कुनैपनि प्रतिवेदनमा केही आएन,कांग्रेस जस्तो लोकतान्त्रिक दलले संचार क्षेत्रको विषयमा केही नबोल्नु दुखद छ´ लम्सालले भने।

    उनले कांग्रेसलाई गुट बनाउन र आफ्न्नो मान्छे बनाउनबाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै नेतृत्वकोको आलोचना गरे। कांग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेताहरू सुध्रिनु पर्ने उनको भनाइ छ।

    लम्सालले पार्टीबाट निर्वाचित नेताहरू वडा तह, प्रदेश तह र केन्द्र तहसम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरूले अवसर गुमाउनु परेको बताए।

    महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित ब्यवस्थित गर्न सकिने धारणा राखे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ९ २०८००४:५९:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend