गोदावरी - नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् ।
महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारी मिडियाका मुद्दा उठाएका हुन्।
उनले प्रेस स्वतन्त्रतामाथिको हमाल नै लोकतन्त्रमाथिको हमाल भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउनका लागि लोकतन्त्रको हिमायती पार्टी नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने बताए।
'पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस्' उनले भने।
उनले शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको उल्लेख गर्दै अधिकार पनि दिनुपर्ने बताएका छन्। उनले भने, 'भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकोले अधिकार पनि दिनुपर्दछ।'
त्यसैगरी जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीति अधिकार दिनुपर्ने बताइन् । त्यसैगरी महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैर-आवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
महासमिति सदस्य धनञ्जय रेग्मीले गठबन्धन २०४६ सालदेखि चलिरहेको उल्लेख गर्दै गठबन्धन नगरे संगठन बलियो नहुन सक्ने तर्क गरे। महासमिति सदस्य शेखर खड्का र विष्णु पोखरेलले महामन्त्रीहरुको प्रस्तावमा समर्थन जनाउँदै उक्त प्रतिवेदनहरु कार्यान्वयन गर्नुपर्ने बताए ।
महासमिति सदस्य विमल सुवेदीले महासमितिमा पेश भएका प्रस्तावहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए। महासमिति सदस्य उमा थापा मगरले महिलालाई ३३ प्रतिशतले मात्र नहुने बताए।
महासमिति सदस्य बिमला गैरेले प्रतिवेदन सुन्दा सुन्दर लागे पनि यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।