सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

२७ वर्षे महासमिति सदस्यको प्रश्न : युवा कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

२७ वर्षे महासमिति सदस्यको प्रश्न : युवा कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ९ २०८०

  • 6.4K
    SHARES

  • २७ वर्षे महासमिति सदस्यको प्रश्न : युवा कांग्रेसमा किन लाग्ने जवाफ चाहियो?

    ललितपुर - नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ।

    कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति छ भन्दै प्रश्न गरे। उनले भने, 'म २७ वर्षे युवा हो । म मेरो वुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ ।' उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे।

    'महासमिति जान नदिने बच्चा हो नजा भन्ने अनि भोट चाहि हामीले हाल्नु पर्ने ? वडा देखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ । नभए हामी किन चाहियो ?,' उनले भने, ' किन कांग्रेसमा लाग्ने ? नेपाली कांग्रेसले अवसर दिएको छैन ।' नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए।

    'आज खल्तिको मान्छे भातृ संस्था बनाउनुहुन्छ । अधिवेशन नभएर नेता भेट्न ठिक्क छ । ग्राउण्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?' उनले प्रश्न गरे। उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ९ २०८००४:३१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend