ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठकमा नेता डा.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा उठान भएको छ। प्रतिवेदनमाथि छलफल गर्ने क्रममा रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन्। उनले मधेशका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाए।
'नेताहरू ठुला ठुला कुरा गर्छन् मधेशको विकासको निम्ति केही बोल्दैनन्,' उनले भने, ' सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ। शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।