सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.2K
    SHARES

  • विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित

    सञ्जय मिश्रा 
    रौतहट ८ फागुन । रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको  अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ ।विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट गर्ने विषयमा अभिभावकबीच सामन्य  भानभन हुँदा  चौथोपटक अभिभावक भेला स्थगित गरिएको थियो।

    शिक्षा नियमाबली २०५९ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम बोलाइएको अभिभावकहरूबाट दुईजना महिला सदस्यसहित चारजना  छनौट गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    अभिभावकहरूबाट चारजना महिलाको नाम आएको र चारैजना समितिमा बस्ने अडान लिएको र दुईजनामा सहमति गर्न भनेपछि सामान्य भनाभन भएको थियो । अभिभावक नै नभएको व्यक्ति समर्थक हुन नपाउने प्रश्न उठेपछि विवाद भएकोमा शिक्षक प्रतिनिधि एवं नगर शिक्षा संयोजक शिवमंगल साहले भेला स्थगित गरेको प्राध्यानाध्यापक आमानुल हकले बताए । 

    निर्वाचन प्रक्रियामा नगई सहमतीय प्रक्रियाबाट सदस्य छनौट गर्ने प्रयास जारी रहेको क्रममा चौथोपटक सहमतिको वातावरण नदेखिएपछि अर्को सूचना नआएसम्मको लागि अभिभावक भेला स्थगित गरिएको प्रधानाध्यापक हकले जानकारी दिए । 
     
    स्थानीय अभिभावक संजय साहले षड्यन्त्रपूर्वक अभिभावक भेला पटक पटक स्थगित गर्दै आएको आरोप लगाएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू विद्यार्थीको अध्ययनअध्यापनतर्फ ध्यान नदिएर दिनभरि गफ गरि बस्ने गरेको बताउँदै विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य गर्ने गरेको आरोप लागेको छ । 
     
    शिक्षाको स्तर बढाउने कार्य नगरी राजनीतिक गर्ने गरेको शिक्षकलाई विद्यालयबाट हटाउनुपर्ने स्थानीय अभिभावकहरुले माग गरेका छन् । हरिहरपुरका राम आशिष साहले केही शिक्षकहरू स्वयं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाए । 
     
    उक्त विद्यालयको अभिभावकमध्ये ७५ प्रतिशत अभिभावक व्यवस्थापन समिति गठन गराउन प्रयासरत छन् । तर, केही जनप्रतिनिधि आफ्नो नजिकको मानिसलाई समितिको अध्यक्ष बनाउन विभिन्न षडयन्त्र गरेर पटकपटक अवरुद्ध गर्दै आएको पूर्व गाविस अध्यक्षसमेत रहेका साहले बताए । 

    जनजागृति आधारभूत विद्यालय हरिहरापुरमा लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अभावमा पठनपाठनदेखि विद्यालयको सम्पूर्ण अवस्था दयनीय भएको अभिभावकले गुनासो गर्दै आएका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ८ २०८००१:०२:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend