सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लोकरिझ्याईमा रम्ने पार्टीको इतिहास पनि छैन, भविष्य पनि छैन ः पूर्णबहादुर खड्का

लोकरिझ्याईमा रम्ने पार्टीको इतिहास पनि छैन, भविष्य पनि छैन ः पूर्णबहादुर खड्का

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.6K
    SHARES

  • लोकरिझ्याईमा रम्ने पार्टीको इतिहास पनि छैन, भविष्य पनि छैन ः पूर्णबहादुर खड्का

    काठमाडौं - नेपाली कांग्रेसले नयाँ दल र राजसंस्था पुर्नस्थापनाको एजेन्डा बोक्ने दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले जारी महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा यस्ता दलहरूले जनता निराशा बेचेर काल्पनिक सपना बाडिरहेको आरोप लगाएका छन् । 

    “निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो ।अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्र विरोधी हुन्,” प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “प्राप्त उपलव्धीमा उनीहरूको कुनै अपनत्व छैन । न त राष्ट्रको वृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी ।”

    राजतन्त्र र हिन्दुराज्यको एजेन्डा बोक्नेहरू प्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको आरोप लगाएका छन् । 

    “समस्या र अपठ्यारालाई पन्छाएर सहि दिशा प्रदान गर्न आर्थिक तथा भौतीक विकास गर्दै समाजिक रूपान्तरणको बाटोमा अगाडी बढ्नुपर्नेमा त्यसको ठिक विपरित नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिदैछ,” प्रतिवेदनमा उनले लेखेका छन् । 

    लोकरिँझाई र अधिनायकवाद बढेको भन्दै दृष्ठिकोणबिनाको लोकप्रियताका लागि जे पनि बोल्नु उचित नहुनेमा उनले प्रतिवेदनै लेखेर जोड दिएका छन् । उनले यस्ता लोकरिँझाइमा रम्ने पार्टी र संगठनहरूको इतिहास, वर्तमान र भविष्य दुबै नभएको दाबी समेत गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ८ २०८०१२:१९:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend