विशेषत २०४७ सालमा वहुदलिय लोकतन्त्रको स्थापनासँगै नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अबस्थाको बारेमा बिभिन्न कोणबाट बहश भईरहेको छ ।
देशका प्रजातन्त्र एवं लोकतन्त्रको पुर्नस्थापना भएको साँढे तीन दशक भईसक्दा पनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी वेला बखतमा आलोचना हुने गर्दछ । यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु ? नाम शीर्षकमा छलफल भएको छ । अंग्रेजी दैनिक दि अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सहजीकरण गर्नु भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता मिन बहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा र विज्ञ सुचेता प्याकुरेल वक्ताको रुपमा उपस्थित थिए ।
सो कार्यक्रममा बोल्दै काँग्रेसका नेता मिन बहादुर विश्वकर्माले नेपाली काँग्रेसले आफ्नो महाधिवेशन समयमा नै सम्पन्न गर्ने गरेको बताउँदै पार्टीको इतिहासमा १४ पटक महाधिवेशन गरिसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– इतिहासदेखि नै नेपाली काँग्रेसभित्र पूर्ण रुपमा आन्तरिक लोकतन्त्रको अभ्यास भईरहेको छ । त्यसैगरी आन्तरिक निर्वाचन प्रणाली पनि सुदृढ भएको छ । विश्वकर्माले लोकतन्त्र भनेको सहभागिता विचार तथा अभिव्यक्ति, मत र निर्णयगर्ने अधिकारसँग जोडिएको बताए ।
एमाले नेता गिरीले एमालेले आफ्नो पार्टी संरचनामा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास अपनाएको उल्लेख गदै त्यही प्रणाली मार्फत नै आफू जस्ता युवा नेता पार्टीको केन्द्रिय समितीमा निर्वाचित भएको र संसदको सर्वाेच्च पदमा पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो– अवश्यले नै हामीले पार्टी बाहिर र भित्र लोकतान्त्रिक संस्कारलाई अझ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ ।
गिरीले एमाले समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिवद्ध रहेको र लोकतन्त्र आफूहरुको पनि साध्य रहेको बताए । नेकपा एमालेका नेता माधव वास्कोटाले भर्खरै सकिएको पार्टीको पहिलो विधान अधिवेशनले आन्तरिक लोकतन्त्र एवं जनवादलाई अझ सुदृढ बनाएको र त्यहाँ स्पष्ट रुपमा सबै सहभागितले आफ्नो धारणा राखेको बताउनु भयो ।
उहाले भन्नुभयो– संसारभरका कम्युनिष्टहरुmले जनवादको नारा लगाउँदै आएपनि नेपालमा भने यस विषयमा अझै वहको आवश्यकता छ । लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रियकतको कुरा गर्दा निरंकुशता तर्फ जान्छ ।
कार्यक्रममा बोल्दै सुचेता प्याकुरेलले विश्वका धेरै मुलुकमा लोकन्त्र र राजनीतिक दललाईसँगै लैजाने काम चुनौतीपूर्ण रहेको बताउनुभ यो । उहाँले लोकतान्त्रिक अभ्यासका हिसाबले सबै पार्टीहरुले आफूहरु सहि ठाउँमा रहेको बताए पनि लिंग र जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको प्याकुरेलले बताइन् ।
कार्यक्रममा बोल्दै भट्टटराईले पार्टीको महाविधेश, आन्तरिक निर्वाचन प्रणाली, फरक मतको सम्मान दलहरुभित्रको लोकतन्त्रको आधारको रुपमा रहेको बताउनु भयो ।
उहाँले राजनीतिक दलभित्र पैसा र शक्तिको बढ्दो प्रभावले उम्मेदवार चयन र अन्य महत्वपूर्ण जिम्मेवारी चयनमा समेत प्रभाव बढदै गएको उल्लेख गदै यो प्रवृतिको अन्त गर्नुपर्ने बताउनु भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।