काठमाडौं - स्वतन्त्र सांसद अमरेशकुमार सिंह र कांग्रेस युवा नेता विकाश ठाकुरबीच लामो समयदेखि द्वन्द्व छ । युवा नेता ठाकुरले अमरेशका कर्तुतहरुको भण्डाफोर गरेर राजनीतिमा उनको वर्चश्व नै समाप्त गरिदिएका छन् ।
यस्तो बेलामा सिंहले मेलमिलाप गर्न भन्दै प्रस्ताव पठाएको खुलेको छ । अमरेशले शक्ति केन्द्रहरु तथा नेपाल सरकारसमक्ष आफूविरुद्ध कांग्रेस युवा नेता ठाकुर नबोल्ने वातावरण बनाइदिन अनुरोध गर्दै त्यसको सट्टा आफू हिन्दु राष्ट्रको अभियानमा जोडिनेदेखि जय श्रीरामको नारा लगाउनसम्म तयार रहेको प्रस्ताव गरेका छन् ।
हाल पश्चिममा शक्तिसँग निकट रहेर सनातन धर्मविरोधी गतिविधिको साझेदार बनेर भारतको विरोध गरिरहेका अमरेशले अब आफू सुध्रिन चाहेको, सनातन धर्मसंस्कृतिको अभियानमा नेपाल भारत साथसाथै जानुपर्ने विचारमा आफू हिँड्ने पनि प्रस्ताव गरेको सरकारी स्रोतले जनाएको छ । प्रस्तावअनुसार अमरेश सिंह पुन: भारतसँग जोडिन जस्तोसुकै कदम चाल्न तयार छन् ।
उनले आफू भारतको बनारस जाने, गंगा स्नान गर्ने, बाबा काशी विश्वनाथमा पूजा गर्ने, टिका लगाउने र जय श्रीरामको नारा लगाउने भनेका छन् । साथै भिडियो नै बनाएर ‘हिन्दु धर्म नै सबैभन्दा ठूलो धर्म हो, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, हिन्दुत्वभन्दा ठूलो केही छैन’ भन्छु पनि भनेका छन् । हिन्दुत्वको अभियान अगाडि बढाइरहेको भारतीय नेतृत्वको पनि भिडियोमार्फत प्रशंसा गर्ने उनको प्रस्ताव छ ।
‘बिजेपी र आरएसएसजस्तो संगठन यो विश्वमा कोही छैन, नरेन्द्र मोदीजस्तो नेता दक्षिण एसियामा कोही छँदै छैन, अमित शाहजस्तो रणनीतिक, योगी आदित्यनाथजस्तो धार्मिक नेता कोही छैन । उहाँहरुले मात्रै दक्षिण एसियालाई सम्हाल्न सक्नुहुन्छ भन्नुहुन्छ,’ भिडियोमा उल्लेख गर्ने विषय उनले प्रस्ताव गरेका छन् । सरकारी स्रोतकाअनुसार ‘यो भिडियो बनाए वापत अमरेशले आफूविरुद्ध लागेका युवा नेता ठाकुरलाई चुप गराएर मेलमिलाप गराइदिनुपर्ने’ शर्त राखेका छन् । नेपाल सरकारका एक उच्च राजनीतिक अधिकारी भन्छन्, ‘मैले यति गरिसकेपछि विकाश चुप हुनुपर्यो, नेपालमा विकास ठाकुरलाई चुप लगाइदिनुपर्यो भन्ने उहाँको भनाइ छ । प्रस्तावमा आवश्यक विमर्श भइरहेको छ ।’
कुनै समय शक्तिको रजगजमा भएका अमरेशलाई कांग्रेस युवा नेता ठाकुरले पार्टी राजनीतिबाट विस्थापित गरेका छन् । त्यसैगरी केन्द्रीय राजधानीमा संघ सरकारमा उनको दबदबा शून्य भएको छ । उनका कर्तुत बाहिर आउँदा उनी आफ्नो इमेज जोगाउन संसदमा कपडासमेत खोल्न बाध्य भए ।
जिल्लामा टेक्लिकल्ली चुनाव जितेपछि उनको प्रभाव भने कायम छैन । राजनीतिबाट किनारामा पुगेपछि उनले पश्चिममा फण्डबाट सञ्चालित परियोजनामा जोडिएर सनातन धर्म विरोधी अभियान लागे पनि शक्ति भने आर्जन गर्न सकेनन् ।
त्यसैले अहिले शक्ति प्राप्तिका लागि उनले सनातन धर्मका पक्षधरहरुसँग सम्बन्ध सुधार्ने र मेलमिलाप गर्नेगरी प्रस्ताव पठाएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।