सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २ २०८०

  • 2.7K
    SHARES

  • महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

    काठमाडौं, २ फागुन - योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका-३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका-४ घर भई हाल कास्की लेखनाथ नगरपालिका-३० बस्ने ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका-ट बोहोचे घर भई हाल काठमाडौं-९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन्।

    उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ। उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो।

    दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन्। उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रुपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ। उनलाई सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट पक्राउ गरिएको हो। यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवम् ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन्। उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ। उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए।

    यस्तै, लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रुपैयाँको मुद्दा काठमाडौंमा छ। उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए। सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए।

    ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए। कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए। कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए।

    चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो। यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए। रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए। भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे।

    उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए। उनी १२ आना जग्गा  दिन्छु भनेर फरार भए। परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे। प्र.०१-०२३-०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए। सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए।

    उनीहरूले चितवनमा जग्गा दिन्छु भनी  अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड  ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ। कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ। महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २ २०८००३:२७:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend