सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २ २०८०

  • 987
    SHARES

  • क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

    हेमन्त केसी
    सुर्खेत , २ फागुन - सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ ।  आधा दर्जन पुल ठेक्का लागेपनि बिभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतीका साथ भएपनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँदा भेरी करिडोर सडकको कामले गती लिन सकेको छैन । क्याराभान हिराचन  जेभिले २०७७ माघ २ गते लिएको पुलको काम अझैँ सुरु भएको छैन । उक्त जेभीले नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । 


    त्यस्तै उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला , वडा नम्बर ८ को मैदेखोला , वडा नम्वर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यि पुलहरु भेरी करिडोरका लाइफ लाइन हुन् । सडक विभाग बबरमहलमा काठमाडौँमा अहिले पुलको लिष्ट बाहेक अन्य केही पनि पाइदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिदैन । निर्माण व्यवसायी चन्द्र थकालीले पनि जती ढिला भएपनि होस भन्ने मनसायले पुल निर्माण तर्फ ध्यान नदिएको स्पष्ठ देखिएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । पुल निर्माण किन रोखिएको भन्दै सडक विभाग पुगेका पूर्वमन्त्री सिंहले सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल , उपनिर्देशक ललिजन खनाल लगाएतसँग छलफल गरेपछि लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको छ ।


     काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का माथी ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको भन्दै पूर्वमन्त्री सिंहले लापरबाहीको पराकाष्ठा भएको बताए । त्यस्तै नलगाड नगरपालिका–१२ को तल्लु स्थित भेरी नदिको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भएपनि काम सुरु हुन सकेको छैन । डिजाइन स्टामेटका लागि भन्दै सडक विभागमा डकुम्यान्ट बुझाएपनि केही पुलको डिजाइन स्वीकृत भएपनि केहीको अझैँ हुन बाँकी रहेको पाइएको छ । निर्माण व्यवसायी र विभागको मिलेमत्तोमा म्याद थप गर्दै डिजाइन स्वीकृत गर्न ढिला गरिरहेको सिंहले आरोप लगाए ।  


    पुलको ठेक्का लागेको तीन वर्ष सम्म डिजाइन देखि पुल निर्माणको काम नै सुरु नहुँनु भनेको भेरी करिडोरका जनतालाई धोका दिनु भएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।  क्याराभानको नाम लिन बित्तिकै सडक विभागको उच्च नेतृत्वहरु हासेर उडाउने गरेको पाइएको छ । भारी ठाउँमा ठेक्का लिएर कत्तै पनि काम नगर्ने बदमान भइसकेको क्याराभानले भेरी करिडोरमा समेत सोही व्यवहार देखिएको मेयर रावतले बताए । भेरी करिडोर सडक आयोजनाले पुल निर्माण गर्नका लागि ताकेता कम गरेको पाइएको छ । अधिकांश समय निर्माण स्थल भन्दा बाहिर नै समय खटाउने यहाँका कर्मचारीहरु पुल निर्माणका लागि दबाब नै दिन नसकेको पाइएको हो । सडक डिभिजन चौरजहारीबाट भेरी करिडोर अलग गरिएपनि निगरानी काम हुन पुगेको छ । यत्ति बिल्डर्सले लिएको पुलको काम भने गतीमा गएको छ ।


     रुकुम पश्चिमको आठबीसकोटको पिपचचौर स्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुल निर्माणको काम गतीमा रहेको छ । क्याराभावसँग पुलको विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । शक्ति केन्द्रको हिमचिमका कारण क्याराभानले ठाउँ ,ठाउँमा ठेक्का लिदै अलपत्र पार्दै गरिरहेको सरोकारवालाले बताएका छन् । चौरजहारीमा लिइको सडकको ठेक्का देखि उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा लिइएको ठेक्का समेत अलपत्र पर्दै आएको छ । जगदुल्ला जलविद्युत आयोजना स्थलमा जाने त्रिबेणी स्थित पुल समेत अलपत्र पर्दै आएको पाइएको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २ २०८००१:३०:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend