सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

  • मिडिया डबली
  • सोमवार, माघ २९ २०८०

  • 2.5K
    SHARES

  • भूमाफिया र वडा अध्यक्ष थारूको मिलोमतो, दर्ता भइसकेको जग्गा पुनः दर्ता गर्दै

    रौतटह, २९ माघ - गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोकुमार खाँ थारू र भूमाफियाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्न सुरु गरेका छन् । 

    सो वडाको नक्सालाई डिजिटल प्रणालीमा लैजाने क्रममा व्यक्तिको नाममा दर्ता भइसकेको जग्गा पुनः अर्कैको नाममा दर्ता गर्ने कार्यमा वडा अध्यक्ष थारू, फिल्डमा खटिएका सरकारी कर्मचारी र भूमाफियाको सहभागिता देखिएको हो । 

    फिल्डबुकमा दर्ता भइसकेको र पटक पटक सर्वाेच्च अदालतले गरेको निर्णयविपरीत वडा अध्यक्ष थारूले भोटका लागि अर्कैको नाममा दर्ता भएको जग्गा पुनः दोस्रो व्यक्तिको नाममा देखिने गरी डिजिटल प्रणालीमा राख्न थालेको पीडित गणेशबहादुर योन्जनले जानकारी दिए । 

    विवादित जग्गालाई आर्थिक चलखेल तथा आगामी निर्वाचनमा भोट सुरक्षित गर्ने उद्देश्यसहित सर्वाेच्च अदालतको निर्णय र प्रचलित कानुनविपरीत दर्ताका लागि वडा अध्यक्ष थारूले सिफारिस दिन थालेको योन्जनले बताए । गत वर्षको स्थानीय तहको निर्वाचनका बेला आफूलाई भोट दिए जग्गा दर्ता गरिदिने बताएका वडा अध्यक्ष थारूले अहिले सोही वाचा पूरा गर्न थालेका हुन् । तर, यसमा आर्थिक चलखेल पनि रहेको स्थानीय बताउँछन् । 

    २०६२ असार २४ गते रिट नम्बर ४१६५ को मुद्दामा सर्वाेच्च अदालतका न्यायाधीश अनुपराज शर्मा र बद्रीकुमार बस्नेतको संयुक्त इजलास र २०८० भदौ २१ गते रिट नम्बर ०१–०७१–०३२२५ को मुद्दामा सर्वाेच्च अदालतकै न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माले दिएको आदेश र निर्णयविपरीत वडा अध्यक्ष थारूले सिफारिस दिएर अख्तियार दुरुपयोग मात्र गरेका छैनन्, आर्थिक लेनदेन गरेको आशंका समेत गरिएको छ । 
     
    राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न जनप्रतिनिधि नै सक्रिय भएपछि पीडितले थप पीडाको महसुस गरेका छन् । ‘जनप्रतिनिधिले सर्वाेच्च अदालतको आदेश र फैसला तथा कानुनअनुसार काम गर्नुपर्नेमा भूमाफियासँग मिलेर सिफारिस दिन थालेका छन्,’ पीडित योन्जनले भने, ‘अब उनीहरूविरुद्ध हामी अख्तियारमा र न्यायालयमा जाने तयारीमा छौँ ।’ 

    उक्त जग्गाका विषयमा जानकार रहेका वडा अध्यक्ष थारूले कानुनविपरीत सिफारिस दिनु नै सर्वाेच्च अदालतलाई समेत नटरेको देखिन्छ ।

    वडा अध्यक्ष थारूको रोहबरमा गुजरा नगरपालिका–२ को जग्गा डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्य भइरहेको फिल्डमा खटिएका नापीका एक कर्मचारीले नाम उल्लेख नगर्न सर्तमा जानकारी दिए । जग्गाको अवस्थाबारे जानकारी भए पनि वडा अध्यक्ष थारूसहितको दबाबमा काम गर्नुपरेको उनको गुनासो छ । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २९ २०८०१२:५३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend