आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका मेयर साम्पाङले दिए यस्तो प्रतिक्रिया 

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका मेयर साम्पाङले दिए यस्तो प्रतिक्रिया 

  • मिडिया डबली
  • आइतवार, माघ २८ २०८०

  • 1.8K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका मेयर साम्पाङले दिए यस्तो प्रतिक्रिया 

    सुनसरी, २८ माघ-  धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् ।

    आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’

    मन्त्री राईतिर हेर्दै केन्द्रीय सरकारको ध्यान दिलाउन मात्र फोटो हटाएको बताउँदै उनले अब चाँडै राख्छु भनेका हुन् । सरकारको ध्यानाकर्षण गर्न आफूले एकल आन्दोलन गर्दै आएको बताउँदै उनले, ‘केन्द्रको ध्यान जान थालेकोले तस्बिर चाँडै  राख्ने बताए ।

    सङ्घीय सरकारले धरानका मुख्य समस्या खानेपानीको सहजताका लागि ठुलो योजना ल्याउनु पर्ने उनले बताए । आफूले धेरैतिरको पानी ल्याउँदा पनि नपुगेपछि केराबारी पुगेकोमा त्यहाँबाट पानी नदिएको सुनाउँदै भने, ‘समस्या समाधान गर्न कोशीबाट ल्याउन केन्द्र सरकारले योजना दिनुपर्छ ।’

    धरानको अर्को मुख्य समस्या यहाँको फोहोर मैलाको व्यवस्थापन भएकाले त्यसको लागि केन्द्र सरकार योजना चाहिएको उल्लेख गरे । उनले भने, ‘हामीले इन्जिनियरिङ क्याम्पसमा आविष्कार केन्द्र खोल्दै छौँ त्यसमा सरकारी सहयोग चाहिएको छ । धरानको विकास गर्ने हो भने एयरपोर्टको योजना दिए हुन्थ्यो ।’

    धरान कृषिमूलक सहर नरहेर आवासीय सहर भएकोले त्यसै अनुसारको योजनाहरू आवश्यक भएको उनले बताए । सरकारबाट सहरको वर्गीकरणका लागि सुझाव माग भएकोमा यहाँका विज्ञहरूको राय अनुसार धरान उपमहानगरपालिकाबाट धरान आवासीय सहर भएको लिखित सिफारिस पठाइएको मेयर हर्क साम्पाङले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २४ २०८२०२:३६:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend