सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

  • मिडिया डबली
  • आइतवार, माघ २८ २०८०

  • 1.4K
    SHARES

  • अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

    काठमाडौं, २८ माघ - कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी आइतबार (आज)का लागि तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ । 

    ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो । 

    यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् । १८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो । 

    पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८०१२:२७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend