सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

  • मिडिया डबली
  • बुधवार, माघ २४ २०८०

  • 1.4K
    SHARES

  • प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

    काठमाडौं, २४ माघ - प्रतिनिधिसभाले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले बुढाथोकीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

    ‘पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ पारित शोक प्रस्तावमा उल्लेख गरिएको छ । 
     
    बैठकले बुढाथोकीको निधनमा एक मिनेट मौन धारण पनि गरेको छ । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट २०६४ र २०७० सालको संविधानसभा सदस्य हुन् । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २३ २०८०१२:२५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend