सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

  • मिडिया डबली
  • मंगलवार, माघ २३ २०८०

  • 3.3K
    SHARES

  • सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने

    काठमाडौं, २३ माघ - भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।

    आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख ब्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप राेजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । 

    वैठकमा मन्त्री चाैधरी, मन्त्रालयका सचिव गाेकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जाेशी लगायतका कर्मचारीहरु उपस्थित थिए । 

    वैठकमा मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् । 

    सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका वागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घिमिरे नापी कार्यालयको कार्यालय सहयोगी थिए ।
    दुर्घटनाका अन्य १० घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ ।

    नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहित केही घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २३ २०८००३:५१:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend