काठमाडौं, १९ माघ - व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो ।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेको थियो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरीलाई पक्राउ गरेको जनाए पनि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनको पक्राउका विषयमा गम्भीर छलफल भएको हो ।
कांग्रेस सांसदसमेत सीजी ग्रुपका प्रमुख विनोद चौधरीले आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे बैठकमा ब्रिफिङ गरेका छन् । सो क्रममा उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरेका छन् ।
बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए । साथै आफूले गलत भए कारबाही गर्नसमेत भन्दै उनले अन्यथा बिनाकसुर आफ्नो परिवारको बदनाम गर्न नपाइने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।