काठमाडौं - भारतले नयाँ बजेटमा आर्थिक वर्ष २०२४–०२५ मा नेपाललाई सात अर्ब भारु (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ ।
यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४–२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरेको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०२३–२४ को बजेटमा भारतले नेपाललाई पाँच अर्ब ५० करोड भारु (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा भारतले भुटानपछि नेपाललाई सबैभन्दा ठूलो रकम आर्थिक सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।
भारतले आर्थिक वर्ष २०२४–२५ मा भुटानलाई २० अर्ब ६८ करोड ५६ लाख भारु (३३ अर्ब ९ करोड ६९ लाख ६० हजार नेपाली रुपैयाँ) उपलब्ध गर्ने घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।