काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक वर्षदेखि माओवादी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिँदै आएका छन् ।
अनेक तिकडम गरेर गृहमन्त्री बने पनि ३३ दिनमै छाड्नु परेको तुष रविमा अहिले पनि देखिन्छ । सोही कारण हरेक काण्ड सार्वजनिक हुँदा रविले गृहमन्त्री श्रेष्ठविरुद्ध फायर खोल्दै आएका छन् ।
गृहमन्त्रीबाट हटेलगत्तै रवि राष्ट्रिय परिचय पत्र छपाइसम्बन्धी टेन्डर घटनामा मुछिए । फ्रान्सको कम्पनीलाई टेन्डर दिँदा एक अर्ब अनियमितता भएको आशंका गरिएको छ ।
मिडियामा समाचार आएपछि रविले गृहमन्त्री श्रेष्ठ आफूविरुद्ध लागेको आरोप लगाएका थिए । अहिले फेरि उनी गृहमन्त्री श्रेष्ठमाथि खनिएका छन् । उनले सरकारले सहकारीपीडितको समस्या समाधान गर्नै नचाहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा कार्यकर्ता भेटघाट कार्यक्रममा लामिछानेले गृहमन्त्री श्रेष्ठले आफूलाई फसाउन चाहेकोसमेत दाबी गरे । बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका आफ्ना पूर्वव्यापारिक साझेदारसमेत रहेका जीबी राईलाई सरकारले चाहेको भए पक्राउ गर्न सक्ने भए पनि सरकारको ध्यान त्यसतर्फ नभएको उनको भनाइ थियो ।
गृहमन्त्री श्रेष्ठ उल्टै आफैँलाई फसाउनतर्फ लागेको लामिछानेको आरोप छ । केही दिनअघि संसदीय समिति बैठकमा आफ्नो हुर्मत लिएको रिस रविले उनीमाथि पटकपटक फेर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।