धनकुटा, १५ माघ - सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोको ईन्जिनको भागमा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी चालक लिम्बुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ सार्दिखोला कोलचोकबाट अवैध लागूऔषध गाँजा १ किलो ३० ग्रामसहित सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३४ वर्षीय कुमार सुनार समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।