सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुदूरपश्चिममा माओवादीमा फुट, बहुमत सांसदले दलको नेताबाट भट्टलाई हटाए

सुदूरपश्चिममा माओवादीमा फुट, बहुमत सांसदले दलको नेताबाट भट्टलाई हटाए

  • मिडिया डबली
  • शुक्रवार, माघ १२ २०८०

  • 3.9K
    SHARES

  • सुदूरपश्चिममा माओवादीमा फुट, बहुमत सांसदले दलको नेताबाट भट्टलाई हटाए

    काठमाडौं - माओवादी सुदूरपश्चिम प्रदेशमा सांसदहरूबीच कित्ताकाट भएको छ । माओवादीका बहुमत सांसदले संसदीय दलको नेता फेरबदल गरेका छन् ।

    संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरेको छ ।

    दलको नेता फर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरु शिवसिंह ओली, ओमबिक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी बिकले हस्ताक्षर गरेका छन् ।

    दलको नेता फर्ने निर्णयमा माओवादीका ६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन् । दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको छ ।

    भट्टले दलको नेताका रुपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेको भन्दै नेतृत्व फेरबदल गर्नुपरेको नेताहरूको भनाइ छ । दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यसअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको थियो ।

    पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुख भीम भण्डारीसहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २७ २०७९१०:३९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend