आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एक वर्षमै टुट्यो गायिका एलिना चौहानको प्रेम सम्बन्ध, को हो धोका दिने ?

एक वर्षमै टुट्यो गायिका एलिना चौहानको प्रेम सम्बन्ध, को हो धोका दिने ?

  • मिडिया डबली
  • सोमवार, माघ ८ २०८०

  • 4.1K
    SHARES

  • एक वर्षमै टुट्यो गायिका एलिना चौहानको प्रेम सम्बन्ध, को हो धोका दिने ?

    काठमाडौं - गायिका एलिना चौहानको प्रेम सम्बन्ध एक वर्षमै टुटेको छ । एक वर्याअघि अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम सम्बन्ध गाँसिएको थियो ।

    गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसपछि दुवै प्रेममा परेका थिए ।

    विष्णु लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् । एलिनाले पनि आफू प्रेममा परेको स्वीकार गरेकी थिइन् । एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।

    एलिनाले विष्णुसँग गत मंसिरमै विवाह हुन सक्ने बताउने गर्थिन् । विष्णुले केही समयदेखि एलिनालाई मानसिक तनाव दिइरहेको स्रोतले बताएको छ । आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा गालीगलौज गर्न थालेपछि एलिना आजित बनेकी थिइन् ।

    अन्ततः उनले अलग्गिने निर्णय लिएको बताइन्छ । विष्णु अहिले एक चर्चित म्युजिक भिडियो मोडलसँग नजिक रहेको बुझिएको छ।

    एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको हो ।

    यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको अत्यधिक माग छ । ब्रेकअपको चर्चासँगै एलिनाको आवाजमा नयाँ गीत 'कट्टा हान्दिन्छु...' बजारमा ल्याएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८००५:०६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend