काठमाडौँ- गायक शिव सागर खड्का र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘निष्ठुरी भयौ रे’ सार्वजनिक भएको छ ।
विशाल नेपालीको शब्द र गायक खड्काकै संगीत रहेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।
प्रेम र बिछोडका शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पनि गायक गायिका नै देखिएका छन् ।
दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो विशाल नेपालीले निर्देशन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।