आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नरेश खातीको ‘मेरो बाबा भगवान’ चौतर्फी चर्चा

नरेश खातीको ‘मेरो बाबा भगवान’ चौतर्फी चर्चा

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 7.3K
    SHARES

  • नरेश खातीको ‘मेरो बाबा भगवान’ चौतर्फी चर्चा

    काठमाडौं - संगीतकार तथा सर्जक नरेश खातीको ‘मेरो बाबा भगवान’ बोलको गीत सार्बजनिक भएको छ । गीत सार्बजनिक भएको केहि समय नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । 

    बुबाको मुख हेर्ने दिन अर्थात कुशेऔँसी आउँदै गर्दा गायक खातीले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएका हुन् । गीतमा खातीका साथै गायिका एलिना चौहानले स्वर दिएका छन् ।

    गीतमा खातीले नै शब्द लेखेका हुन् । बुबाको मुख हेर्ने दिन आएको अबसरमा आफूले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएको जानकारी दिए  ।

    ‘आमासम्बन्धी थुप्रै गीतहरू छन् । तर, बुबालाई जोडेर धेरै गीत छैन’, गायक एवम् संगीतकार खातीले भने, ‘बुबाको मुख हेर्ने दिन आउँदै छ । सबैका छोराछोरीलाई यो गीतले बुबाको महत्व दिओस् भनेर गीत बनाएको हुँ ।’

    लोक तथा दोहोरी गीतमा राम्रो दख्ल राख्ने खातीले मेलोडिले भरिएको यो गीतबाट युवा पुस्तालाई बुबाको महत्व सिकाउन खोजेका छन् ।

    गायक एवम् संगीतकार खातीकाे याे गीत बिहीबार बिहान युट्युबमार्फत रिलिज गरिएकाे छ । यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ ले पनि एक करोड भ्यु नाघेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ८ २०८००५:०६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend