आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अनि त्यसपछि बालुवाटारमा प्रचण्ड र माधवबीच बबाल

अनि त्यसपछि बालुवाटारमा प्रचण्ड र माधवबीच बबाल

  • मिडिया डबली
  • बिहिवार, माघ ४ २०८०

  • 3.7K
    SHARES

  • अनि त्यसपछि बालुवाटारमा प्रचण्ड र माधवबीच बबाल

    काठमाडौं - राष्ट्रिय सभा निर्वाचनमा दुई सिटमै चित्त बुझाएको एकीकृत समाजवादीले आफ्नो पार्टीलाई थप एक मन्त्री नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच ठूलै बबाल भएको रहस्य खुलेको छ । केही दिनअघि गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसेको थियो ।

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रिय सभा निर्वाचनको क्षतिपूर्ति थप एक मन्त्री पाउनुपर्ने प्रस्ताव गरेका थिए । तर प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नसकिने आशय व्यक्त गरेपछि माधव नेपाल बम्किएको स्रोतले बतायो ।

    हालका दुई मन्त्री र एक राज्यमन्त्रीसहित थप एक प्रभावशाली मन्त्रालय पाउनुपर्ने माधव नेपालको अडान छ। ‘सत्ता गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले चार मन्त्रालय पाउनुपर्ने अडान राख्नुभएको थियो।

    उहाँको माग सुनेपछि देउवा र प्रचण्डले सम्भव नहुने आशयका अभिव्यक्ति दिनुभयो, त्यसपछि अध्यक्षज्यूले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार पछि सारेर सहयोग गर्दा चार मन्त्रालय पाउनुपर्ने र नपाए सरकारबाटै बाहिरिनसमेत सक्ने चेतावनी दिनुभएको थियो।

    उहाँको चेतावनीपछि शीर्ष नेताहरुबीच भनाभनसम्मकै स्थिति सिर्जना भएपछि अध्यक्षज्यू बैठकको बिचमा उठेर निस्किनुभएको थियो,’ स्रोतले भन्यो ।

    आफू बैठकबाट उठेर हिँडेपछि गठबन्धनको बैठकमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई पठाएका थिए।

    गठबन्धन दलका पछिल्ला बैठकहरुमा साना दलहरुले मन्त्रीको संख्या बढाउनुपर्ने माग गरेका र कांग्रेस तथा माओवादीमा प्रभावशाली मन्त्रालय हेरफेर गर्न माग र दबाब बढेको बैठकमा सहभागी नेताहरु बताउँछन्।

    राष्ट्रिय सभा निर्वाचनमा असर नपरोस् भनेर प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका एकलाई मन्त्री बनाउन लागेको बुझिएको छ। पूर्वपर्यटनमन्त्री प्रेम आले र पूर्वश्रममन्त्री किसान श्रेष्ठमध्ये एकजना मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend