काठमाडौं - आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई गालीको ओइरो लागेको छ ।
हर्कले संघले धरानलाई उपेक्षा गरेको भन्दै बिहीबार मेयरको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका थिए ।
हर्कले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ‘मलाई काम गर्न देऊ, धेरै नचलाऊ’ भन्दै स्टाटस राखेपछि उनीमाथि गालीको ओइरो लागेको छ ।
एकजना प्रयोगकर्ता पनि उनको पक्षमा देखिएका छैनन् । संविधानविरुद्ध हिँडेको भन्दै उनको आलोचना भएको छ ।
कतिले त उनलाई मानसिक रूपमा विक्षिप्त भएको आरोपसमेत लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।