आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतद्वारा उदयपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा उदयपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

  • मिडिया डबली
  • बिहिवार, मंसिर २८ २०८०

  • 1.6K
    SHARES

  • भारतद्वारा उदयपुर जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

    उदयपुर - नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री डा नारायण खड्का र भारतीय राजदूतावास, काठमाडौँका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ३.७९ करोड आर्थिक सहयोगमा निर्माण हुने उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् ।

    उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

    ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिनेछ ।

    भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ । उदयपुरको बेलका नगरपालिकामार्फत यो परियोजनाको कार्यान्वयन गरिनेछ ।

    कार्यक्रममा बोल्दै डा नारायण खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

    भारतीय राजदूतावास, काठमाडौँका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताए । साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरूलाई समेत समेटेको बताए ।

    उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरूप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पुरा गरेको पनि बताए ।

    यस विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय भवनले श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्‍याउनेछ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

    यी मध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा रहेका छन् जसमा ११ वटा परियोजना उदयपुरमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ ।

    यसमा १२ वटा एम्बुलेन्स र १ वटा स्कुल बस उदयपुर जिल्लालाई उपलब्ध गराइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

    यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend