काठमाडौं - माओवादी उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ ज्यादै चीनको अन्धभक्त भएका छन् ।
पछिल्ला समय उनको कार्यशैली र निर्णय सबै चीनको पक्षमा भइरहेको स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महसुस गरेका छन् ।
जाजरकोट भूकम्पबाट पीडितलाई चीन सरकारबाट प्राप्त राहत सामग्री ग्रहण गरेपछि श्रेष्ठ पोखरा विमानस्थलमै पुगेका थिए ।
चीनले ल्याएको सामग्री ग्रहण गर्न पोखरा पुग्नुलाई श्रेष्ठ कतिसम्म चीनको पक्षमा रहेछन् भन्ने पुष्टि हुन्छ । त्यसअघि उनी बीआरआईसम्बन्धी एक कार्यक्रममा भाग लिन चीन पुगेका थिए ।
त्यहीँ उनलाई हर्ट अट्याक भएको थियो । दुई साता लामो उपचार गरेर फर्किएका श्रेष्ठलाई फेरि पनि मुटुमा समस्या देखिएपछि एन्जियोप्लास्टी गरिएको छ ।
गत साता प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठकमा भारतीय दूतावासले प्रति परियोजना पाँच करोडसम्म उपलब्ध गराउँदै आएकोमा उक्त सीमा फराकिलो पार्नुपर्ने तर्कसहित प्रति परियोजना २५ करोडसम्म खर्च गर्नसक्ने व्यवस्था गराउन प्रस्ताव राखेका थिए ।
तर गृहमन्त्री श्रेष्ठले यो संवेदनशील विषय भएको भन्दै संसदीय समितिमा समेत छलफल गरेर मात्र निर्णय गर्नुपर्ने अडान राखेका थिए ।
उनले फरक धारणा राखेपछि प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिएका थिए ।
चीनकै सल्लाहअनुसार श्रेष्ठले उक्त विचार राखेको बताइन्छ । एक मन्त्रीका अनुसार यदि चीनको विषयमा यस्तो प्रस्ताव आएका भए श्रेष्ठले तत्काल समर्थन गर्ने थिए ।
भारतको विषयमा भएकाले उनले असन्तुष्टि जनाएको बुझिएको छ ।
भारतको नाम सुन्नेवित्तिकै श्रेष्ठले नाक खुम्च्याउने गरेको ती मन्त्रीको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।