शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

कुनै समय वाहवाही कमाएका कुलमानलाई उनकै कार्यालयमा प्रवेशमा रोक

कुनै समय वाहवाही कमाएका कुलमानलाई उनकै कार्यालयमा प्रवेशमा रोक

  • मिडिया डबली
  • आइतवार, कार्तिक १९ २०८०

  • 32.7K
    SHARES

  • कुनै समय वाहवाही कमाएका कुलमानलाई उनकै कार्यालयमा प्रवेशमा रोक

    काठमाडौं - कुनै समय विद्युत व्यवस्थापन गरेर वाहवाही कमाएका कुलमान घिसिङको क्रेज अहिले घट्दोक्रममा छ ।

    नेपाललाई लोडसेडिङमुक्त गरेको जस लिएका घिसिङले ठूल्ठूला उद्योगमा विद्युत कटौती गरेर र बाहिरबाट आयात गरेर लोडसेडिङ हटाएका थिए । विस्तारै उनको पोल खुल्दै गएपछि अहिले विद्युत प्राधिकरणमै उनी आलोचित भएका छन् ।

    प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आइतबार कार्यकारी निर्देशक घिसिङलगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

    सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

    कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

    विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नति र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    कात्तिक १४ गते दोस्रोपटक सात बुँदेसहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend