काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई बुधबार बेलुका हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त छ। भदौ २९ गते बेइजिङ पुगेका उनले बुधबार मात्र बीआरआई सम्मेलनलाई सम्बोधन गरेका थिए । उनको कोरोनरी अर्टनेरी ब्लकेज भएपछि मुटुको एन्जियोप्लास्टी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।