काठमाडौं - गृह मन्त्रालयअन्तर्गता ७७ जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र कार्यालय, अध्यागमन विभागलगायत पर्छन् ।
अब कार्यालय सुरु हुनेवित्तिकै सेवाग्राहीले कर्मचारीको योगाभ्यास कहिले सकिने हो भनेर कुर्नुपर्ने भएको छ । त्यसै पनि गृह मन्त्रालयअन्तर्गतका कार्यालय र विभागमा सेवाग्राहीको लामो भीड लाग्ने गरेको छ ।
समयमै सेवा पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालेको गृह मन्त्रालयमा अर्को नौटंकी सुरु भएको छ ।
मन्त्रालयले बुधबार एक परिपत्र गर्दै मातहत कार्यालयका अधिकृतलाई अनिवार्य १५ मिनेट योगाभ्यास गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास–ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ ।
मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा कम्तीमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आग्रह गरेका छन् ।
अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरुप योग-ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई आग्रह गरिएको छ ।
केही दिनअघि गृहमन्त्री श्रेष्ठले तनाव व्यवस्थापनका लागि योग-ध्यान गर्नुपर्ने बताएका थिए । त्यहीअनुसार गृहले बुधबार ध्यान गर्न परिपत्र गरेको हो ।
गृहमन्त्री श्रेष्ठको अर्को फन्डाले जनताले दुःख पाउने अवस्था सिर्जना भएको छ । गृह मन्त्रालयको नयाँ निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।